काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले जारी गरेको एफपीओमा साढे २८ अर्ब रुपैयाँ भन्दा बढी सेयर आवेदन परेको छ । बैंकले चैत एक गतेदेखि ४ गतेसम्म आवेदन दिन मिल्नेगरी तीन अर्ब ३० करोड रुपैयाँ बराबरको २५ लाख ५८ हजार १४० कित्ता एफपीओ जारी गरेको थियो ।
बैंकको एफ्पीओको लागि सेयर निष्कासन तथा विक्रि प्रबन्धक रहेको एनएमबी क्यापिटलका अनुसार चैत चार गते सम्ममा १ लाख ८१ हजार २ सय ३३ आवेदनबाट २८ अर्ब ४९ करोड ९६ लाख रुपैयाँको सेयर आवेदन परेको छ ।
आवेदन खुलेको पहिलोे दिन लगानीकर्ताले १ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर माग गरेका थिएन भने दोस्रो दिन १ अर्ब ७६ करोड रुपैयाँको सेयर आवेदन परेको थियो ।
त्यस्तै तेस्रोदिन ६ अर्व १९ करोड र अन्तिम दिन १८ अर्बभन्दा बढीको आवेदन परेको एनएमबी क्यापिटलले जनाएको छ । बैंकले प्रतिकित्ता १०० अंकित सेयरमा ११९० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२९० रुपैयाँका दरले एफपीओ जारी गरेको थियो ।
प्रतिक्रिया