काठमाडौँ । सपोर्ट माइक्रोफाइनान्सले एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।
कम्पनीको आइपीओको निष्कासन तथा विक्रि प्रबन्धक रहेको एनएबी क्यापिटलका अनुसार आइपीओ निष्कासनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । बोर्डको स्वीकृति भएपछि माइक्रोफाइनान्सले आइपीओ जारी गर्ने छ ।
सुनसरीको इटहरीमा केन्दीय कार्यालय रहेको माइक्रोफाइनान्सको चुक्तापुँजी चार करोड ८० लाख रुपैयाँ रहेको छ भने आइपीओ जारी गरेपछि ५ करोड ६० लाख पुग्ने छ ।
१० जिल्ला कार्यक्षेत्र रहेको कम्पनीले १९ करोड भन्दा बढी लगानी बिस्तार गरीसकेको छ ।
प्रतिक्रिया