वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

किन रोकियो चार कम्पनीका हकप्रद सेयर ?

अर्थटुडे
२०७३ चैत्र ७, सोमबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत चार वटा कम्पनीले लामो समयदेखि आफ्ना लगानीकर्ताहरुलाई हकप्रद सेयर निष्कासन गर्न सकेका छैनन् । सेन्ट्रल फाइनान्स लिमिटेड, कामना विकास बैंक, अपी पावर कम्पनी लिमिटेड र ललितपुर फाइनान्स लिमिटेडले अहिलेसम्म पनि हकप्रद सेयर निष्कासन गर्न सकेका छैनन् ।
सेन्ट्रल फाइनान्सले २०७१ फागुन २८ गते आफ्ना लगानीकर्ताहरुलाई २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पाउँ भनी नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

बोर्डले पनि २०७२ जेठ १७ गते नै २५ प्रतिशत हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएपनि अझै सो फाइनान्सले हकप्रद सेयर जारी गरेको छैन । विभिन्न आन्तरिक कारण देखाएर नै सेन्ट्रल फाइनान्सले त्यस समयमा हकप्रद सेयर जारी गर्न सकेन । फाइनान्सले एनआइवीएल क्यापिटललाई हकप्रद सेयरको निष्कासन तथा विक्रि प्रबन्धक नियुक्त गरिसकेको थियो । हाल सेन्ट्रल फाइनान्स भक्तपुर फाइनान्ससँग मर्ज भइ एकीकृत कारोबार चैत १० देखि सुरु गर्दैछन् ।

त्यसैगरी अहिले सेवा विकास बैंकसँग मर्जमा जाने निर्णय गरेको कामना विकास बैंकको पनि २५ प्रतिशत हकप्रद सेयर रोकिएको छ । बैंकले एनआइवीएल क्यापिटललाई हकप्रद सेयरको निष्कासन तथा विक्रि प्रबन्धक नियुक्त गरी २०७२ बैशाख ३१ गते बोर्डमा निवेदन दिएको थियो । बोर्डले निष्कासनका लागि ७२ जेठ २६ गते नै अनुमति दिएपनि हाल सम्म बैंकले हकप्रद सेयर जारी गरेन ।

त्यस्तै अपी हाइड्रो पावर कम्पनीले पनि आफ्ना  सेयरधनीहरुलाई २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिको निर्णयका साथ बोर्डमा हकप्रदको लागि २०७३ बैशाख २७ गते निवेदन दिएको थियो ।
कम्पनीले सिद्धार्थ क्यापिटललाई धितोपत्र निष्कासन तथा विक्रि प्रबन्धक समेत राखेको थियो । तर बोर्डले नियामक निकाय नभएका कम्पनीहरुले अर्को व्यवस्था नहुन्जेल सम्म हकप्रद सेयर जारी गर्न नपाउने भनी स्थगित गरेपछि सो कम्पनी पनि चुपचाप बसेको छ ।

त्यस्तै ललितपुर फाइनान्सले पनि शतप्रतिशत हकप्रद सेयर जारी गर्नका लागि ग्लोवल आइएमइ क्यापिटललाई निष्कासन तथा विक्रि प्रबन्धक राखी २०७३ असार १४ गते बोर्डमा निवेदन दिएको थियो । तर फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि बोर्डले हकप्रद सेयर जारी गर्न दिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ