वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्वदेशी लघुवित्तको तीन करोडको आइपीओ आउँदै

अर्थटुडे
२०७३ चैत्र ८, मंगलवार

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय सस्थाले तीन करोड बराबरको तीन लाख कित्ता प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्रबोर्डले स्वदेशी लघुवित्त संस्थालाई आइपीओ निष्कासनका लागि अनुमति दिएको हो ।

इटहरीमा केन्द्रिय कार्यालय रहेको सो लघुवित्त २०७१ मा राष्ट्र बैंकबाट घ बर्गको इजाजत प्राप्त गरेको कम्पनीको हो ।
अहिले सो कम्पनीको चुक्तापुँजी सात करोड रुपैयाँ छ । कम्पनीले बढीमा दुई महिनाभित्रमा आइपीओ जारी गर्ने छ ।

कम्पनीले पुस मसान्तसम्म एक करोड  ३५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । आइपीओ जारी गरेपछि कम्पनीको चुक्तापुँजी १० करोड पुग्ने कम्पनीले जनाएको छ ।

कम्पनीको आइपीओ जारी गर्नको लागि धितोपत्र निस्कासन तथा विक्रि प्रबन्धक एनएमबी क्यापिटल रहको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ