वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आर्थिक पत्रकारलाई तालिमका लागि सेजन र एनबीआइएनबीआईबिच सहकार्य

अर्थटुडे
२०७३ चैत्र ८, मंगलवार

काठमाडौं । आर्थिक पत्रकारहरुलाई तालिमका लागि नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेशनल बैंकिङ्ग इन्स्टिच्युट (एनबीआई) बीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार एनबीआईले वार्षिक रुपमा २५ आर्थिक पत्रकारहरुलाई सम्पत्ति शुद्धीकरण सम्बन्धि तालिम प्रदान गर्नेछ । त्यस्तै, आर्थिक पत्रकारिता तालिमका लागि सेजनले विकास गरेको पाठ्यक्रम अनुसार एनबीआईले तालिम प्रदान गर्ने समझदारी भएको छ ।

समझदारीपत्रमा सेजनका अध्यक्ष गोकर्ण अवस्थी तथा एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीब सुब्बाले मंगलबार हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ