वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यती बैंकको बित्तीय साक्षरता अभियान,“जोडौं एक नाता खोली बैंकमा खाता”

अर्थटुडे
२०७३ चैत्र ८, मंगलवार

काठमाडौं । यती डेभलपमेण्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत“जोडौं एक नाता खोली बैंकमा खाता”को नारा सहित बिभिन्न चेतनामुलक कार्यक्रम तथा बित्तीय साक्षरताको कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ ।
बैंकको काठमाडौं तथा काठमाडौं बाहिरका शाखाहरुको ग्रामिण क्षेत्रहरुमा बैकिङ्ग र बचतको महत्व बारे जानकारी गराउने उद्देश्यले सो अभियान सञ्चालन गर्ने भएको हो । ग्रामिण क्षेत्रका बिभिन्न महिला समुह, सरकारी बिद्यालय तथा शिक्षाको पहुंच कम भएका क्षेत्रहरुलाई प्राथमिकतामा राखी कार्यक्रम संचालन गरीने बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले बताए ।

बैंकले संस्थागत सामाजीक उत्तरदायित्वका बिभिन्न कार्यक्रमहरु जस्तै स्वास्थ्य परीक्षण, नारी सम्मान, बालबालिकाहरुलाई पाठ्यसामाग्रीहरु बितरण, रक्त दान जस्ता कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ