वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रुडेन्सियल इन्स्योरेन्सको २०.५ बोनस सेयर पारित,३०.५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

अर्थटुडे
२०७३ चैत्र ८, मंगलवार

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको साधारणसभाले २०.५ प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको कम्पनीको पन्ध्रौ बार्षिक साधारणसभाले कम्पनीले बोनस सेयर पश्चात हुन आउने चुक्तापुँजीको ३०.५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको हो ।

हाल कम्पनीको ३५ करोड  ६४ लाख चुक्ता पूँजी छ । बोनस सेयर र हकप्रद सेयर पश्चात कम्पनीको चुक्तापूँजी ५५ करोड ५९ लाख ८४ हजार पुग्ने कम्पनीले जनाएको छ । कम्पनीले गत वर्षमा १५ करोड ३२ लाख ७२ हजार खुद नाफा कमाएको थियो ।

त्यसैगरी कम्पनीको सञ्चालकमा सर्वसाधारण शेयरधनीहरुबाट विष्णु भण्डारीलाई निर्विरोध चयन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ