धर्मराज शाक्य
अध्यक्ष नेपाल हस्तकला महासंघ
नेपालको हस्तकला प्रबद्र्धनमा मुख्य भुमिका खेल्दै आएका धर्मराज शाक्य करिव ३० वर्षदेखि प्रस्तर मुत्र्तिकला व्यवसायमा आवद्ध छन् । चित्रकलामा एमए गरेका शाक्य हस्तकला व्यवसायको संबद्र्धन र संरक्षणका लागि यस पेशा अगालेको बताउँछन् । उनको यो पुख्यौली पेशा हो । हाल उनको पाटन औद्योगिक क्षेत्रभित्र अरनिको स्टोन कार्वेन नामक उद्योग रहेको छ । उनले यो कम्पनी करिव २५ वर्ष अघि घरेलु उद्योगमा दर्ता गरेर विधिबत रुपमा नै सञ्चालनमा ल्याएका हुन् । उनले यस कम्पनी मार्फत प्रत्यक्ष रुपमा १५ जना र अप्रत्यक्ष रुपमा ५० देखि ६० जनालाई रोजगारी दिइरहेका छन् । उनीसँग गरिएको कुराकानीको संपादित अंश
अन्तर्राष्ट्रिय बजारमा हस्तकलाका कस्ता सामग्रीहरुको डिमान्ड छ त ?
अन्तर्राष्ट्रिय बजारमा प्रत्येक वर्ष यस्तो कलर यस्तो स्टाइलको भनेर फोरकास्टिड गर्ने गरिएको छ । त्यही अनुसार डिजाइनरले यो÷ यो डिजाइन गर्ने भनेर अन्तर्राष्«िटय बजारमा काम लगाउने गरिएको छ । ठूला÷ठूला कम्पनीहरुसँग पर्याप्त मात्रामा अर्डर अनुसारको सप्लाई गर्न सक्ने भएकोले उनीहरुले सबै काम गर्न सक्छन् । साना उद्यामीहरुलाई त्यो ज्ञान नहुदा आफ्नो तबरले विदेशमा सामग्री तयार गरेर लैजाने तर सामग्री विक्रि नहुदा अन्तर्राष्ट्रिय मेलाबाट पनि कतिपय रित्तो हात आएका छन् । अन्तराष्ट्रिय बजारको बारेमा पनि थाहापाएर गएमा राम्रो हुन्छ भनेर मेलाहरुको आयोजना गरिएको हो ।
हस्तकला सामग्रीको माग नेपालमा कत्तिको छ ?
विगत पाँच, छ वर्षयता हामीले हस्तकला सामग्रीको माग नेपालीहरुमा पनि बढ्दो रहेको छ । पहिले हस्तकला भनेपछि विदेशीले मात्र किन्ने भन्ने थियो । तर अहिले नेपालीहरुबाट नै धेरै माग आउन थालेको छ ।
हस्तकलाको सामग्री सप्लाई गर्न किन कठिन भएको हो ?
नेपाली हस्तकलाको सामग्रीको डिमान्ड निक्कै राम्रो छ । तर त्यति हुदाहुदै पनि सप्लाई गर्न कठिन छ । हामीसँग कच्चा पदार्थ, दक्ष जनशक्तिको अभाव छ । नयाँ जनशक्ति उत्पादनका लागि ट्रेनिङ सेन्टरहरु केही छैन । सरकाले पनि ट्रेनिङ सेन्टरको समेत व्यवस्था गरेको छैन । निजी क्षेत्रबाट पनि त्यस्तो व्यवस्था भएको छैन । उद्योगहरुलाई सहज रुपमा सञ्चालन गर्नको लागि बैंकहरुले ऋणदेखि लिएर इन्सेन्टिभ दिने व्यवस्था छैन । यस्ता कारणहरुले गर्दा उद्योग सञ्चालन गर्न कठिन छ भने टेक्नोलोजीको पनि विकास हुन सकेन । अहिलेसम्म पुरानो टेक्नोलोजीमा नै छ । अहिले सरकारले हस्तकला नीति पनि बनाउन सकेको छैन । हस्तकला नीति नहुदा समग्रमा हस्तकलाको विकासमा हुन नसकेको हो । सरकारले प्रोत्साहन पनि दिएको छैन । विभिन्न देशमा व्यापार मेलाहरु भइरहेको हुन्छ त्यस्तै मेलामा संलग्न गराउनको लागि सरकारले बजेट पनि दिन सकेको छैन ।
हस्तकला को बजार कुन कुन देश रहेको छ ?
नेपालबाट ८० वटा देशमा हस्तकलाका सामाग्री पठाइरहेका छौ । सवैभन्दा बढी अमेरिकामा हस्तकलाका सामग्रीहरु निर्यात भइरहेका छन् ।
विदेशमा हस्तकलाका सामग्रीहरुको प्रबद्र्धनमा अन्तर्राष्ट्रिय स्तरमा महासंघले कस्तो भुमिका खेलेको छ ?
हरेक वर्ष व्यापार मेलाको आयोजना गर्ने, विदेशमा विभन्न देशमा हुने व्यापार मेलाहरुमा आफ्ना सदस्यहरुलाई पठाउने गरको छौ । विभिन्न मुलुकमा सिंगल कन्ट्री सो हरु पनि गर्ने गरेका छौ जहाँ हस्तकलाका सागम्रीहरुको प्रदर्शनी गरेर आउने गरेका छौ । यसबाट नलेज सेयर हुन्छ, व्यापार मेलामा चाही आफ्ना सामान विक्रि गरेर पनि आउने गरेको छ भने त्यहा पाएको अर्डरले नेपालमा कतिपय उद्योग टिकीरहेका छन् ।
हस्तकलाग्रामको अवस्था के छ ?
हस्तकलाग्राम बनाउनुपर्छ भन्ने हाम्रो विगत ३० वर्षदेखिको माग हो । संसारमा जहाँपनि हस्तकलाग्राम हुन्छ र पर्यटकहरु जादा हस्तकलाग्राममा लैजाने र निर्माण प्रक्रियाहरु समेत देखाउने गरिएको हुन्छ । तर नेपालमा त्यस्तो हस्तकलाग्राम छैन । पटक पटक आग्रह गर्दा पनि सरकारले हस्तकलाग्राम बनाउने तर्फ बेवास्ता गरेको छ । पछि दुई तीन स्थानमा पनि डिपिआर बनाएर काम गरेका थियौ । त्यस्तै हामीले अहिले सार्क ह्याीन्डग्राफ डिजाइन एन्ड डेभलपमेन्ट सेन्टरको स्थापना गर्न लागेका छौ ।
सार्क ह्याडिग्राफ डिजाइन एन्ड डेभलपमेन्ट सेन्टरको स्थापना किन गर्न लागिएको हो ?
आठैवटा सार्क मुलुकहरुमा यौटा÷ यौटा सार्क ह्याडिग्राफ डिजाइन एन्ड डेभलपमेन्ट सेन्टरको स्थापना गर्ने भनेर भारतको यौटा भेलाले निर्णय गरेको थियो । सोही अनुरुप सो सेन्टरको स्थापना गर्न लागिएको हो । त्यसको लागि सरकारले घरेलु विभागमा ३ रोपनी जग्गा दिइसकेको छ । उद्योग मन्त्रालयले ५ करोड रुपैयाँ पनि दिएको छ यो रेगुलर बजेट अन्तर्गत पारिएको छ ।
सरकाले निर्यात प्रोत्साहन भनेर सबसीटी पनि दिएको थियो यसको प्रयोग हस्तकला व्यवसायीहरुले गरेका छन् ?
सरकारले ठूला उद्योगहरुलाई निर्यात गरे बापत दुई प्रतिशत इन्सेन्टिभको व्यवस्था गरेको हो । तर हस्तकला सानोसानो रुपमा हुने भएकोले यो व्यवसायले चाही सो इन्सेन्टीभको उपभोग गर्न सकेको छैन । यसले ठूलाो उद्योगहरुलाई समेटेको छ तर हामीलाई समेट्न सकेन । हाम्रो माग भनेको हस्तकला व्यवसायीले पनि इन्सेन्टिभ पाउनुपर्छ भन्ने हो । हस्तकला व्यवसायीले निर्यात गर्दा पनि १० प्रतिशतको इन्सेन्टिभ पाउनुपर्ने माग सरकारसँग राख्दै आएका छौ । तर अझै भएको छैन् ।
नयाँ पुस्तालाई यस व्यवसायमा आकर्षित गर्न महासंघले कस्तो रोल खेल्छ ?
युवाहरुले चासो नदिनु हस्तकला सम्बन्धी इन्स्युच्ुट नभएर नै हो । कसैले हस्तकला विधा सिक्न खोजेमा कहाँ गएर सिक्ने हो ? यो त पुस्तान्तरण मात्र भएको छ । यसलाई हरेक कलेजमा ह्यान्डिग्राफको पठन पाठन हुनुपर्छ । साथै सिप र सर्टिफिकेट दुवै हुन्छ जसले हस्तकला क्षेत्र जोगिन्छ ।
सरकारले हस्तकलाको क्षेत्रमा कत्तिको सहोग गरेको छ ?
सरकारको सहयोग नभएका कारण नै हस्तकला व्यवसायको विकास नभएको हो । हामीसँग हस्तकला सम्बन्धी नीति छैन । पूर्वाधार र नयाँ जनशक्ति यस क्षेत्रमा छैन । तर पछिल्लो समयमा केही काम सरकारले गर्न खोजेको छ ।
हस्तकलालको विकासको लागि महासंघले के गर्दे छ ?
महासंघले विभिन्न परिषद्हरुको गठन गरेको छ । जस्तै उद्योग, बाणिज्य कलाकार परिषद्हरुको गठन गरेको छ । सम्बद्ध परिषदले आफ्नो काम गर्छ । हामीले जिल्ला संघ र बस्तुगत संघको विकासलाई बार्षिक रुपमा बजेट नै छुट्याउने गरेका छौ । कलाकारहरुलाई पनि प्रोत्साहित गरिरहेका छौ । हस्तकला नीति पनि बनाइरहेका छौ ।
अन्त्यमा, हस्तकला व्यवसाय नेपालको पहिचान हो । यसमा शहरी तथा ग्रामीण भेगका व्यक्तिहरु समावेस भएका छन् । यस क्षेत्रको विकास गरी निर्यात गर्न सकेमा देशलाई आर्थिक रुपमा पनि सहयोग मिल्छ ।
प्रतिक्रिया