वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहुलियत पाएपनि नौ जिल्लामा खुलेनन् लघुबित्त

अर्थटुडे
२०७३ चैत्र ९, बुधबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले जनतामा वित्तिय पहुँच पुर्याउनको लागि लघुवित्तलाई नौ वटा जिल्लामा जानको लागि सहुलियत दिएपनि लघुवित्तहरु त्यहाँ जान चाहदैनन् । ठूला बैंकहरुमा पहुँच नपुगेका सर्वसाधारणलाई लघुवित्तमार्फत सेवा पु¥याउने नीति लिएर राष्ट्र बैंकले लघुवित्तहरुलाई त्यहाँ गएमा सहुलियत दिएको थियो । दुर्गममा जाँदा संचालन खर्च बढी हुने भएकाले नाफा हुने ठाउँमा मात्र लघुवित्त केन्द्रीत भएका हुन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि नै नयाँ लघुवित्तको इजाजतपत्र बन्द गरेपनि अति दुर्गम तोकिएका ९ जिल्ला (मनाङ, जुम्ला, डोल्पा, कालिकोट, मुगु, जाजरकोट, बझाङ, बाजुरा र दार्चुला) मा लघुवित्त खोल्न पाउने व्यवस्था गरेको छ । तोकिएका दुर्गम जिल्लामा केन्द्रीय कार्यालय राखेर लघुवित्त खोल्न पाउने व्यवस्था गरेपनि हालसम्म त्यहाँ केन्द्रिय कार्यालय खोलेर काम गर्न कुनै पनि संस्था गएका छैनन् । बरु यसबाहेकका ठाउँमा काम गर्नका लागि अनुमति माग्दै आवेदन दिएका एक सय संस्थाहरु इजाजतको पर्खाइमा छन् ।

राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरु नाफमुखी भएको र दुर्गममा गएर सेवा दिन अनिच्छुक देखिएका छन् ।
राष्ट्र बैंकले दुर्गममा सेवा पु¥याउन दिन १ प्रतिशतमा पुर्नकर्जा दिएपनि न्यूनले मात्र लगेको जानकराी दिएको छ । यसबाट पनि लघुवित्तहरु नाफा हुने क्षेत्रमा मात्र केन्द्रीत भएको पुष्टि भएको छ ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामचन्द्र जोशी दुर्गम क्षेत्रमा काम गर्नका लागि संचालन खर्च उच्च भएको र काम गर्न ग्राहो भएको बताउछन् । “लघुवित्त संस्थाहरु गाउँ नै जादैनन् भन्ने होइन, लागत उच्च भएकाले दुर्गममा सेवा पु¥याउन ढिला भएको हो” उनले भने, “लघुवित्तहरु विस्तारै ग्रामीण क्षेत्रमा विस्तार भइरहेको छ ।”

लघुवित्त संस्थाहरुको नाफा उच्च भएको भन्दै ७ प्रतिशत स्प्रेडदर तोकेको छ । जसमा लघुवित्तहरुले ४ प्रतिशत प्रशासनिक लागत जोड्न पाउने भएपनि व्याजदर १८ प्रतिशत बढी लिन नपाइने व्यवस्था छ ।  राष्ट्र बैंकका अनुसार हाल ४८ वटा लघुवित्त विकास बैंकहरु संचालनमा छन् । यी संस्थाहरुले ४ लाख समूहका २० लाख ६८ हजार सदस्यलाई सेवा पु¥याएका छन् । यी सदस्यहरुलाई ४३ करोड ३० लाख रुपैयाँ ऋण लगानी गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकमा लघुवित्त संस्थाहरुको सेवा ७५ वटै जिल्लामा पुगेको देखिएपनि जिल्ला सदरमुकाम र ग्रामीण बजारमा मात्र केन्द्रीत भएका छन् । जसका कारण जिल्लाका ग्रामीण क्षेत्रहरुमा पनि लघुवित्तको सेवा पुग्न सकेको छ्रैन । सदरमुकाम र ग्रामीण बजारमा धेरै संस्थाहरु हुँदा सदस्यहरुको दोहोरोपना भएको र यसबाट विकृती समेत देखिन थालेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ