वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बोनस सेयर बाड्न चार दर्जन कम्पनीको आवेदन

अर्थटुडे
२०७३ चैत्र १०, बिहीबार

काठमाडौ । लगानीकर्तालाई बोनस सेयर वितरणका लागि नेपाल धितोपत्र बोर्डमा चार दर्जन कम्पनीले आवेदन दिएका छन् । बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजी बढाउनुपर्ने बाध्यकारी व्यवस्था गरेपछि बोनस सेयर बाड्ने कम्पनीहको संख्या बढेको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार माघ महिनायता ४९ वटा कम्पनीहरुले बोनस सेयरका लागि आवेदन दिएका छन् । माघ एक गतेदेखि चैत ८ गतेसम्ममा ति कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुको लागि बोनस सेयर बाड्न अनुमति मागेका छन् ।

आवेदन दिएका कम्पनीमध्ये सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्स र शिखर इस्योरेन्सले ६०÷६० प्रतिशत बोनस सेयर प्रस्ताव गरेका छन् । त्यस्तै २५ प्रतिशत भन्दा माथि बोनस सेयर दिन लागेका कम्पनीमा तिनाउ विकास बैंक २५, सनराइज बैंक ३३.३३ स्वरोजगार लघुवित्त विकास बैंक ३०.४०, एनएमबी माइक्रोफाइनान्स २५ र स्ट्यान्डर्ड चार्टड बैंक ३३.३३ रहेको छ ।

त्यसैगरी मितेरी डेभलपमेन्ट बैंकले ३० नेसनल लाइफ कम्पनीले ३० , सिद्धार्थ इन्सुरेन्सले ३०, साहारा विकास बैंकले ३५, मुक्तिनाथ विकास बैंकले ३४, छिमेकी लघुवित्त विकास बैंकले ४०, सिर्जना फाइनान्सले ५०, हाम्रो विकास बैंकले २५, कन्चन डेभलपमेन्ट बैंकले २५ र एनएलजी इन्सुरेन्स २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेका छन् ।

कम्पनीको संचालक समितिले संचित नाफाबाट सेयरधनीलाई बोनस दिन सक्छन् । संचालक समितिको प्रस्तावलाई नियामक निकायको स्विकृती पाएपनि कम्पनीको साधाणसभामा पेश हुने र सभाले पारित गरेपछि वितरण हुनेछ ।

बोनस सेयर प्रस्ताव गरेका कम्पनीहरु निम्न छन्

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ