वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्थानीय निकायको निर्वाचनमा आवश्यक सहयोग गर्न कतार तयारःराजदुत युसुफ

अर्थटुडे
२०७३ चैत्र १३, आईतवार

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि कतारका राजदूत यूसुुफ बीन मोहम्मद अल–हैलबीच आइतबार दिउँसो भेटघाट भएको छ ।

गृहमन्त्रालयमा भएको भेटमा राजदूत हेलले उपप्रधानमन्त्री निधिलाई कतारका प्रधानमन्त्री समेत रहेका गृहमन्त्री अब्दुल्लाह बीन नसीर बीन खालिफा अल थानीका तर्फबाट कतार भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरे ।

गृहमन्त्री निधिले कतार भ्रमणको निमन्त्रणा स्वीकार गर्दै छिट्टै कतार भ्रमण गरेर प्रधानमन्त्री खालिफासंग भेटघाट गर्ने बताए ।
सो भेटमा द्धिपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको थियो । त्यस अबसरमा राजदूत हैलले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्बाचन लगायतका बिषयमा आबश्यक सहयोग गर्न कतार सरकार तयार रहेको उल्लेख गरे ।
निर्बाचन लगायतका बिषयमा सहयोग गर्न तयार रहेकोमा कतार सरकारलाई धन्यबाद दिदैं गृहमन्त्री निधिले यस सम्बन्धमा सरकारले थप छलफल गरेर ठोस एजेण्डा अघि बढाउने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ