वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल बैंकले पायो हकप्रद सेयर जारी गर्ने अनुमति, एक करोड ५४ लाख कित्ता सेयर निष्कासन गर्ने

अर्थटुडे
२०७३ चैत्र १६, बुधबार

काठमाडौँ । नेपाल बैंक लिमिटेडले एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निस्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल बैंकलाई हकप्रद सेयर निष्कासनको लागि बुधबार अनुमति दिएको छ ।

बैंकले आफ्ना लगानीकर्ताहरुलाई २३.७४ प्रतिशतले हकप्रद निष्कासन गर्न लागेको छ । बैंकले एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद निष्कासन गर्ने छ । बैंकले हकप्रद निष्कासनकालागि सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।
बैंकको हाल ६ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद पछि बैंकको चुक्तापुँजी आठ अर्ब ३ करोड भन्दा बढी हुने छ । बैंकले पुस मसान्तसम्म एक अर्ब ८९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ