काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्वाच गर्न पाउने भएको छ । महासंघले निर्वाचन सम्बन्धी आचारसंहित विपरित आसन्न साधारणसभा सहित निर्वाचन गर्न लागेको भन्दै त्यसलाई रोक्न माग गर्दै आयोगमा उजुरी परेको थियो । तर, सो निर्वाचनले स्थानीय निकायको निर्वाचनलाई प्रभावित नपार्ने गरी निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले बाटो खुला गरिदिएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माका अनुसार उद्योग बाणिज्य महासंघको निर्वाचन पूर्वघोषित कार्यक्रम भएकोले स्थानीय तहको निर्वाचनलाई कुनै असर नगर्ने गरी निर्वाचन गर्न निर्देशन दिएको हो ।
निर्वाचन आयोगले केही सर्त राखेर निर्वाचन गर्न महासंघलाई निर्देशन दिएको छ । महासंघको निर्वाचनमा प्रधानमन्त्री वा मन्त्रीहरुलाई अतिथिको रुपमा जान बन्देज लगाइएको छ भने साधारणसभामा कुनै पनि सरकारी स्रोत र साधनको प्रयोग नगर्न समेत निर्देशन दिएको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै स्थानीय निकायको चुनावलाई खलल पर्ने खालका कुनैपनि गतिविधि नगर्न समेत आयोगले दिर्नेशन दिएको छ ।
प्रतिक्रिया