वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ज्योति र पुर्णिमा हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा

अर्थटुडे
२०७३ चैत्र १७, बिहीबार

काठमाडौं । ज्योति विकास बैंक र पुर्णिमा विकास बैंकले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा पुगेका छन् । ज्योति विकास बैंकले शतप्रतिशत  हकप्रद सेयर निष्कासन गर्ने निर्णय साधारणसभाबाट पारित गराएको छ ,भने पुर्णिमा विकास बैंकले २५ प्रतिशत हकप्रद दिने निर्णय साधारणसभाबाट पारित गराइसकेको छ ।

ज्योति विकास बैंकले एक करोड १० लाख ४३ हजार एक सय ७१ कित्ता सेयर निष्काशनको अनुमति माग गरेको छ । त्यस्तै पुर्णिमा विकास बैंकले आठ लाख ८० हजार नौ सय ६२ कित्ता हकप्रद सेयर निष्काशन गर्नको लागि बोर्डसँग अनुमति मागेको हो ।

हाल ज्योति बिकास बैंकको चुक्ता पूँजी एक अर्ब १० करोड ४३ लाख रहेको छ । हपप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी दुई अर्ब २० करोड ८७ लाख रुपैंया पुग्ने छ । ज्योति विकास बैंकले केही दिनअघि राप्ती भेरी विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको थियो । पुर्णिमा विकास बैंकले पनि हकप्रद सेयर जारी पछि चुक्तापुँजी ५० करोड रुपैंया पुर्याउनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ