काठमाडौं । बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाएको छ । समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याएको छ भने निर्जिवन बिमा कम्पनीहरुको चुक्ता पुँजी एक अर्ब पुर्याएको छ ।
यसअघि जीवन बिमा कम्पनीको चुक्तापुँजी ५० करोड र निर्जीवन बिमा कम्पनी रहेको छ । समितिले बिमा कम्पनीहरुले २०७५ असार मसान्तभित्रमा तोकिएको चुक्ता पूँजी पुर्याइसक्नु पर्नेछ ।
समितिको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । बिमा समितिले बिमा कम्पनीहरुलाई पुँजी बढाउनको लागि नाफाबाट बोनस, लगानीकर्ताहरुलाई हकप्रद दिने वा मर्जर गरेर पुँजी बृद्धि गर्ने लगायतका विकल्प दिएको छ । यसअघि बिमा समितिले कम्पनीहरुलाई नगद लाभांस दिन रोकेको थियो ।
त्यस्तै नेपालमा सञ्चालनमा रहेका विदेशी बिमा कम्पनीहरुले पनि पूँजी बढाउनु पर्ने वाध्यात्मक व्यवस्था गरिएको बिमा समितिले जनाएको छ । हाल ९ जीवन र १५ निर्जीवन बिमा कम्पनीहरु सञ्चालनमा छन् ।
प्रतिक्रिया