वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्था उत्कृष्ट

अर्थटुडे
२०७३ चैत्र १८, शुक्रबार

ललितपुर । जिल्ला सहकारी संघ ललितपुरले पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थालाई उत्कृष्ट सहकारी घोषणा गरेको छ ।

६० औ सहकारी दिवस २०७३ को अवसरमा शुक्रबार ललितपुरका आयोजित विशेष समारोहमा ललितपुर महानगरपालिका क्षेत्रबाट उत्कृष्ट सहकारी घोषणा गरेको हो ।

राष्ट्र बैकका पुर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. युवराज खतिवडाले लालीगुराँसका अध्यक्ष अमरदास श्रेष्ठलाई सम्मान पत्र सहित सम्मानित गरेका हुन् ।

रामशरण शर्मा घिमिरेको संयोजकत्वमा गठित समितिले ललितपुर महानगर क्षेत्रबाट सो सहकारीलाई उत्कृष्ट घोषणा गरेको हो ।

संस्थाले बहुउद्देश्यीय लगानी तर्फ स्वास्थ्य क्षेत्रतर्फ ललितपुर, ताल्छिलेखमा लालीगुराँस हस्पिटल प्रा.लि., शिक्षा तर्फ लालीगुराँस राष्ट्रिय उच्च मा.वि., उर्जा क्षेत्र तर्फ भैरवकुण्ड हाईड्रोपावर, कृषी क्षेत्र तर्फ चितनव खैरहनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर तथा अन्य क्षेत्र तर्फ जय लालीगुराँस ईन्भेष्टमेन्ट ट्रेडिङ्ग कम्पनी लगायत अन्य विभिन्न संघ संस्था तथा कम्पनीहरुमा लगानी गरेको छ ।

सोही कार्यक्रममा गाउँपालिकातर्फ विश्वासीलो बचत तथा ऋण सहकारी संस्था गोटीखेल , नगरपालिका तर्फ झरुवाराशी स्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र ग्रामीण कृषि विकास सहकारी संस्था लिमिटेड चापागाउँ,  प्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेड लगनखेल, र महिला सहकारी तर्फ गणेशस्थान महिला कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ठैव, लाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ