वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिमा कम्पनीले यसरी बृद्धि गर्दैछन् चुक्ता पुँजी

अर्थटुडे
२०७३ चैत्र २०, आईतवार

काठमाडौं । बिमा समितिले बिमा कम्पनीहरुको चुक्ता पुँजी बढाउन शुक्रबार निर्देशन दिएको छ । २०७५ असार सम्ममा बिमा कम्पनीहरुले आफ्नो चुक्तापुँजी जीवन बिमा कम्पनीले दुई अर्व र निर्जीवन बिमा  कम्पनीले एक अर्ब पुर्याउनु पर्ने छ ।

बिमा कम्पनीहरुलाई तोकिएको चुक्तापुँजी पुर्याउन तीन वटा विकल्प समेत बिमा समतिले दिएको छ । पहिलो बोनस सेयर वितरण गरेर, दोस्रो हकप्रद सेयर जारी गरेर र तेस्रोमा मर्जरमा गएर रहेको छ ।

बिमा कम्पनीहरुमा हाल सम्म नेपाल लाइफ इन्स्योरेन्सको बाहेक अन्य कम्पनीको चुक्तापुँजी दुई अर्ब पुग्न सकेको छैन ।

अहिले सम्ममा कसको कति चुक्तापुँजी हेर्नुहोस्
यसरी पुर्याउँदैछन् बिमा कम्पनीहरुले चुक्तापुँजी
बिमा समितिले चुक्तापुजी बढाउनको लागि औपचारिक निर्देशन बिना नै बिमा कम्पनीहरुले चुक्तापुँजी बढाउने तयारी गरिरहेका छन् ।

जीवन बिमा कम्पनीहरुतर्फ

एसियन लाइफ इन्सुरेन्सले २० प्रतिशत बोनस सेयर पारित गरिसकेको छ भने ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । त्यसैगरी गुँरास लाइफ इन्सुरेन्सको ८० प्रतिशत बोनस सेयर आउँदै छ भने लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले २४.८०प्रतिशत बोनस सेयर बाड्दै छ ।

त्यस्तै नेशनल लाइफ इन्सुरेन्सले शत प्रतिशत हकप्रद सेयर, नेपाल लाइफ इन्सुरेन्सले २५ प्रतिशत बोनस सेयर जारी आउँदै छ । नेपाल लाइफ इन्स्योरेन्सको भने अहिले नै २ अर्ब भन्दा बढी चुक्तापुँजी पुगि सकेको छ । बाँकी प्राइम लाइफ इन्सुरेन्स र सुर्य लाइफ इन्सुरेन्सले भने पुँजी बृद्धि तर्फ कुनै कदम चालेका छैनन् ।

निर्जीवन बिमा कम्पनीतर्फ     

हिमालयन जनरल इन्सुरेन्सले १६६ प्रतिशत हकप्रद ,लुम्बिनी जनरल इन्सुरेन्सले शत प्रतिशत, एनबी इन्सुरेन्स शतप्रतिशत, ,एनएलजी इन्सुरेन्स २५ प्रतिशत बोनस,  प्रभू इन्सुरेन्सले ५० प्रतिशत बोनस , प्रिमियम इन्सुरेन्सले २० प्रतिशत बोनस र पु्रडेन्सियल इन्सुरेन्सले  २० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद सेयर जारी गर्दै छ ।

त्यस्तै सगरमाथा इन्सुरेन्सले २२ प्रतिशत बोनस, शिखरले ६० प्रतिशत बोनस र १० प्रतिशत एफपीओ, सिद्धार्थ इन्सुरेन्सले ३० प्रतिशत बोनस र १९.२३ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । नेको इन्सुरेन्सले भने २० प्रतिशत बोनस पछि शत प्रतिशत हकप्रद सेयर समेत जारी गरिसकेको छ ।

निर्जीवन बिमा कम्पनीहरु मध्ये युनाइटेड इन्सुरेन्स, एभरेष्ट इन्सुरेन्स र राष्ट्रिय विमा कम्पनीले भने चुक्तापुँजी बृद्धि गर्नको लागि अहिलेसम्म कुनै योजना अघि सारेको देखिदैन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ