भक्तपुर । स्थानीय निकाय स्थानीय तहमा रुपान्तरण हुँदासमेत करिब तीन हजार वडामा वडा सचिव रिक्त रहेको सरोकारवाहरुले बताएका छन् । आइतबार भक्तपुरमा आयोजित प्रत्रकार भेटघाटका क्रममा ७४४ स्थानीय तहमा छ हजार ६८० वडा कायम रहेको र तीन हजार वडा सचिव रिक्त रहेको स्थानीय तह निजामती सचिब संरक्षण केन्द्रका अध्यक्ष दामोदर रिजाले बताए ।
उनले तराईमा मधेशी मोर्चाको अवरोधका कारण वडा सचिबहरुले आफ्नो काम गर्न नसकेको पनि बताए । उनले सरकार गम्भिर बन्न नसक्दा सक्षम कार्यसम्पादनमा अप्ठेयारो परेको बताए । संघियतामा वडा सचिबहरुलाई एक तह प्रमोशनको माग निरन्तर रहेको भन्दै देश निर्वाचनमा होमिएकाले आफूहरुले कुनै अन्दोलन नगर्ने बताए ।
केन्द्रका सल्लाहाकार हरिप्रसाद पाोखरलले मेधसमा सचिवहरुले हाल पनि काम गर्न सक्ने अवस्था नहरेको भन्दै मधेशी मोर्चाको अवरोधका कारण स्थानियलाई सेवा पदान गर्न नसकेको बताए ।
उनले मधेशका बिभिन्न जिल्लामा सरकारले सोचे अनुसारको सेवा प्रदान गर्न नसकेको गुनासो गर्दै
वडा सचिहरुलाई काम गर्ने वातावरण बनाउन सकारसँग आग्रह गरे ।
यस अघि स्थानीय निकाय हुँदा गाबिस सचिब हकहित संरक्षण केन्द्र नेपाल रहेकोमा स्थानीय तहको लागूसँगै स्थानीय तह निजामती सचिब संरक्षण केन्द्रमा रुपातन्रण भएको कार्यक्रममा जानकारी गराईएको थियो ।
प्रतिक्रिया