वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोमा ६६ हजार अबलोकनकर्ता, ७३ लाख बढीको कारोबार

अर्थटुडे
२०७३ चैत्र २०, आईतवार

काठमाडौं । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोमा ७३ लाख बढीको कारोबार भएको छ ।

बिहिबार बाट सुरु भएको सो एक्सपो आइतबार सम्पन्न भएको छ । “शान्ती, सम्बृद्धि तथा स्वच्छ वाताबरणको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ सम्पन्न भएको  तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर लगायतका फूलहरु राखिएको थियो ।

साथै सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउ विजन, ग्रीन हाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीहरु  प्रदर्शनी तथा विक्री कक्ष राखिएको थियो ।

फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले यस पटकको अन्तर्राष्ट्रिय मेला कारोबार सँगै प्रबद्र्धन गर्न पनि सफल भएको बताए । मेलामा फ्लोरिकल्चर ब्यबशायमा प्रयोगमा आएका अन्तर्राट्रिय प्रबिधीका बारेमा पनि अबलोकनकर्ताले जानकारी पाएको बताउँदै अध्यक्ष कसजुले ब्यापारबाट प्राय सबै ब्यबशायी खुशी रहेको  दाबी गरे ।

मेला अबधीभर ६६ हजार बढी अबलोकन कर्ता र फूल पारखी मेला अबलोकनका लागि आएको बताउँदै फ्लोरिकल्चर एशोसिएशन नेपाल फ्यानका कार्यक्रम  संयोजक जेबि तामाङले अघिल्लो बर्षहरुमा भएका मेलामा भन्दा यस बर्ष फूल तथा बोटबिरुवा खरिद गर्नेहरु धेरै रहेको जानकारी दिए ।

एक्स्पोको पहिलो दिन ९ लाख १६ हजार, दोस्रो दिन १६ लाख १९ हजार, शनिबार २५ लाख ७१ हजार र मेलाको अन्तिम दिन आइतबार १९ लाख ६८ हजार  बढीको कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालका महासचिब मिन बहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ