वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमै पहिलो पटक मोइस्चर प्रुफ प्याकेजिङ्मा अर्घाखाँची सिमेन्ट

अर्थटुडे
२०७३ चैत्र २२, मंगलवार

काठमाडौं । अर्घाखाँची सिमेन्ट प्रालिले नयाँ मोइस्चर प्रुफ प्याकेजिंगमा अर्घाखाँची एमपी ओ.पी.सी. सिमेन्ट बजारमा ल्याएको छ । कम्पनीले सिमेन्ट मोइस्चर प्रुफ प्याकेजिङले गर्दा ओस तथा साधारण पानीले असर नगर्नेे र सिमेन्टको धुलो बाहिर ननिस्कने हुनाले निर्माणकर्मी एवं उपभोक्तालाई भण्डारण र प्रयोग गर्नका लागि सहज हुने दावी गरेको छ ।

त्यस्तै कम्पनीले सिमेन्टको बोरा धुलो रहित हुने भएकाले लोड अनलोड र निर्माणमा जुट्ने कामदारको स्वास्थ्यमा पनि असर नपेर्ने बताएको छ । अर्घाखाँची एमपी ओ.पी.सी सिमेन्ट सार्वजनिक गर्ने क्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष तथा कम्पनीका निर्देशक पशुपति मुरारकाले सिमेन्टको गुणस्तर र तौलमा कुनै पनि कमी नहोस् र ओसबाट सिमेन्ट सुरक्षित होस् भन्ने उद्देश्यले यस्तो किसिमको प्याकेजिङ् नेपालमा भित्र्याएको बताए ।

उनले यस्तो प्रकारको प्याकेजिङ् नेपालमै पहिलो र एक मात्र भएको दाबी गर्दै भने, ‘विक्रेता, उपभोक्ता एवं निर्माणकर्मीहरु माझ उच्च स्तरको उत्पादन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतामा नयाँ उपलब्धि हासिल गर्न हामी सफल भएका छौं । यसले हाम्रो उत्पादन प्रति ग्राहकहरुको विश्वास थप मजबुत हुने विश्वास लिएका छौ ।’

रुपन्देहीको मैनाहिया गाविसस्थित अर्घाखाँची सिमेन्ट प्रा.लि.ले हाल १२ हजार मेट्रिकटन क्लिंकर र सिमेन्ट उत्पादन गरिरहेको छ । कम्पनीले नेपालको निर्माण जगतलाई अझ सुदृढ बनाउनका लागि आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्ने लक्ष्यको साथ आगामी २०७४ मंसिरसम्ममा आफ्नो उत्पादन क्षमता वृद्धिगरि प्रतिदिन साठी हजार बोरा ओ.पी.सी सिमेन्ट आफ्नै क्लिंकरबाट उत्पादन गर्ने योजना समेत बनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ