काठमाडौं । एभरेष्ट बैंकले कमलपोखरीस्थित जैन भवनमा आफ्नो नयाँ एटिएम सेवा संचालनमा ल्याएको छ । उक्त सेवाको पन्जाब नेशनल बैंकका कार्यकारी निर्देशक डा. राम. एस. साङ्गापुरेले गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानिय विशिष्ट व्यक्तिलगायत बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो ।
बैंकले हाल ८८ एटिएम, ६० वटा शाखा, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरका साथै पन्जाब नेशनल बैंकको ७००० भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत सेवा दिइरहेको छ ।
प्रतिक्रिया