वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वायुसेवा निगम र एएआरबी वाइडबडी खरिद गर्ने सम्झौता

अर्थटुडे
२०७३ चैत्र २५, शुक्रबार

काठमाडौं । नेपाल वायुसेवा निगमले एयरवसको ए ३३० नामक २ वटा वाइडवडि जहाज खरिद सम्झौता गरेको छ । नेपाल वायुसेवा निगम र अमेरिकन कम्पनी एएआर कर्पोरेशनले नेतृत्व गरेको कन्सोर्टियमबीच दुईवटा वाइडबडीको खरिद गर्ने सम्झौता भएको हो ।

काठमाडौंमा शुक्रबार गरिएको सम्झौता अनुसार पहिलो बिमान सन् २०१८ अप्रिलसम्ममा नेपाल आइसक्ने र दोस्रो सोही वर्षको मे सम्ममा नेपालमा आइपुग्ने गरी सम्झौता भएको हो । सम्झौता पत्रमा नेपाल वायुसेवा निगमको तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसकार र एएआरका तर्फाबाट प्रमुख दिपक शर्माले हस्ताक्षर गरेका छन् ।

दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर आर्थात नेपाली रुपैयाँ २१ अर्ब ९० करोडमा खरिद गर्ने गरी सम्झौता भएको हो । इतिहासमा नै पहिलो पटक ठूलो रकम खर्चेर एकैपटक २ वटा विमान खरिद गरिएको छ ।
गत माघ १४ गते निगम र एएआरबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । निगमले फागुन ४ गते दुईथान वाइडबडी जहाज खरिद गर्न एएआरलाई बैनास्वरुप १० लाख अमेरिकी डलर पनि पठाइसकेको छ ।

वायुसेवा निगमले  विमान खरिदका लागि कर्मचारी सञ्चय कोषसँग ऋण लिन लागेको छ । तर ब्याजदरमा भने अहिलेसम्म सहमति हुन सकेको छैन । अहिले किन्न लागिएको जहाज फ्रान्सको टुलुज शहरमा छ । नयाँ एयरबस २८० सिट क्षमताको हुनेछ । जसमा १६ वटा बिजनेश क्लासका सिट क्षमताका हुनेछन् ।

यी जहाज नेपाल आएपछि राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल एयरलाइन्सले साउदीको दमाम, कोरियाको सिओल, अष्ट्रेलियाको सिड्नी र जापानको टोकियोमा उडान भर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ