काठमाडौं । एन आई सी एशिया बैंकले २ स्थानमा रहेका नयाँ शाखाहरुको एकै उद्घाटन गरेको छ । झापाको बुधबारेमा रहेको ८३ औ र सुनसरी स्थित ८७ औ शाखाको एकैदिन आइतबार उद्घाटन भएको छ ।
शाखाहरु मध्ये बुधबारे झापा स्थित ८३ औं शाखाको उद्घाटन एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल एवं बुधबारे उद्योग वाणिज्य संघका अध्यक्ष गोविन्दप्रसाद पौडेलले संयुक्त रुपमा गरेका छन् ।
त्यस्तै झुम्का सुनसरीस्थित ८७ औं शाखाको उद्घाटन बैंकका प्रमुख रिसाल र झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष सगेन चौधरीले गरेका छन् ।
प्रतिक्रिया