वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसेल प्रकरणबारे प्रधानमन्त्रीले दिए लेखासमितिमा स्पष्टीकरण, भने—’सरकार कर उठाउन सम्झौता गर्दैन’

अर्थटुडे
२०७३ चैत्र २७, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सार्वजनिक लेखा समितिमा एनसेलले पुँजीगत लाभकर नबुझाउनुको कारण आफूले गहिरोसँग अध्ययन गरिरहेको बताएका छन् ।

आइतबार समितिमा पुगेर प्रधानमन्त्री दाहालले आफूले एनसेलले पुँजीगत लाभकर बुझाउन  नचाहेको बोरेमा बुझिरहेको बताउँदै किन्ने र विक्रि गर्ने दुबै राखेर छलफल गर्न चाहेको बताएका छन् ।

उनले एनसेललाई लाभकर उन्मुक्ति दिने प्रस्ताव मन्त्रीपरिषदमा गएपनि सरकारले यस विषयमा कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।
उनले भने,‘ एनसेल पनि यही छ, कतै गएको छैन राज्यले तदारुक्तदा देखाए कर उठाउन सकिन्छ । सरकार प्रस्ट छ कर उठाउन सम्झौता गर्दैन ।’

मन्त्रीपरिषद्मा सामान्य छलफल भएको भएपनि कुनै निर्णय नगरेको भन्दै प्रधानमन्त्री दाहालले एनसेलले विक्रेताबाट उठाउने भनेको भन्दै क्रेताले लेखेको पत्रमा सामान्य छलफलमात्र भएको दावी गरे ।

मन्त्रिपरिषद्ले बिना प्रस्ताव नै टेलियासोनेराबाट कर उठाउने भन्दै एनसेललाई उन्मुक्ति दिन खोजेको थियो । सोही कारण अर्थमन्त्री कृष्ण बहादुर महरालाई समितिमा बोलाइएपनि उनी प्रधानमन्त्रीको प्रस्ताव भनी उम्किएपछि प्रधानमन्त्री दाहाललाई समितिले बोलाएर स्पष्टीकरण लिएको हो ।

स्विडेनको टेलियाबाट मलेसियाको एक्जिएटाले गत बर्ष एनसेल खरिद गरेको थियो। त्यस बापत ३६ अर्ब रुपैयाँ हाराहारी कर तिर्न बाँकी भए पनि एनसेलले अहिलेसम्म १० अर्ब रुपैयाँ मात्र तिरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ