वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थटुडे
२०७३ चैत्र २८, सोमबार

काठमाडौं । नेपाल बैंकको सेयर दोस्रो बजारमा किन्नको लागि सोमबार (आज) अन्तिम दिन हो । बैंकले आगामी बैशाख ७ गतेदेखि २३ दशमलव ७४ प्रतिशत हकप्रद सेयर जारी गर्दै छ । बैंकले हकप्रद सेयर निष्काशनका लागि चैत २९ गते सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गरेकोले सोमबारसम्म सेयर किन्नेहरुले मात्र सो हकप्रद  सेयरका लागि आवेदन दिन सक्नेछन् ।

बैंकले एक अर्ब ५४ करोड ३१ लाख रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर जारी गर्न लागेका हो । बैंकको हकप्रद निष्काशन तथा विक्रि प्रबन्धकको रुपमा सिभिल क्यापिट रहेको छ । बैंकको हकप्रदका लागि सेयर आवेदन दिनका लागि सिभिल क्यापिटल,सिटिसी मल छैटौ तल्ला सुन्धारा तथा नेपाल बैंकको केन्द्रीय कार्यालय धर्मपथ, तथा बैंकका अधिकांश शाखा कार्यालयबाट दिन सकिने छ ।

बैंकले हकप्रद मार्फत राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी पुर्याउने छ । हाल नेपाल बैंकको चुक्तापूँजी ६ अर्ब ४९ करोड रुपैयाँ छ । हकप्रद पश्चात बैंकको पूँजी आठ अर्ब ८ अर्ब चार करोडको हाराहारीमा पुग्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ