वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टने अबैध अमेरिकी डलरसहित पक्राउ

अर्थटुडे
२०७३ चैत्र २८, सोमबार

काठमाडौं । नेपाल प्रहरीले नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन सुवर्ण अवालेलाई पक्राउ गरेको छ । आइतबार आवाले ९३ हजार ६०० अबैध अमेरिकी डलरसहित पक्राउ परेका हुन् ।

एयरपोर्ट प्रहरीका अनुसार उनी नेपाल एयरलाइन्सको आरए २२९ जहाजको काठमाडौं—दुबई उडानका लागि उनी विमानस्थल गएका थिए । त्यसक्रममा उनको हृयाण्डक्यारीमा लुकाएको अवस्थामा अबैध डलर बरामद भएको हो ।

वरिष्ठ पाइलट अवाले पक्राउ परेपछि नेपाल एयरलाइन्सले महेशमान डंगोललाई क्याप्टेन बनाएर जहाज उडाइएको थियो ।
उनलाई रातभर गौशला प्रहरी वृत्तमा राखिएको थियो । अहिले पुनः एयरपोर्ट प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागमा बुझाउन लागिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ