वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नयाँ बर्षकोअवसरमा एप्पल वल्डमा मोवाइल किन्दा उपहारै उपहार

अर्थटुडे
२०७३ चैत्र ३१, बिहीबार

काठमाडौँ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड (मोबाइल वल्र्ड) प्रालिले नयाँ बर्षको अबसरमा मोबाइल खरिदकर्ताले उपहार नै उपहार पाउने योजना ल्याएको छ । सबै ब्राण्डका मोबाइल सबै भन्दा सस्तोमा बिक्री गर्दै आएको सो कम्पनीले सामसुङ मोबाइलमा मोडल हेरी ६० प्रतिशत सम्म छुट दिएको छ ।

त्यस्तै कम्पनीले युएमआइ र एलजी मोबाइलको खरिद गर्दा  अर्को सित्तैमा दिने, हरेक मोबाइल खरिदमा हात खाली नजाने उपहार योजना पनि सार्वजनिक गरेको छ । मोबाइल एक्सचेन्ज अफर लगायतका कम्प्लिट मोबाइलको सोलुसन लिएर आएको एप्पल वल्र्ड न्यु मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
निर्देशक ग्लाइडरले ६० प्रतिशत सम्म छुट पाइने यो योजनाबाट भरपुर फाइदा लिन ग्राहकहरुलाई अनुरोध गरेका छन् ।
दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डले नयाँ प्रबिधी मार्फत फुटेको डिस्प्ले बनाउने र ६० मिनेटमै फेस टु फेस मोबाइल मर्मत गरिदिने ब्यबस्था गरेको छ । नयाँ बर्षमा उपहार आदान प्रदान गर्न र एसइइ परीक्षा दिएर बसेका बिद्यार्थीहरुलाई यो उपहार योजनाले फाइदा पुग्ने निर्देशक संगम राइको बिश्वास छ ।

एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वान प्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्श लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन भने अन्तर्राष्ट्रिय बजारमा पाइने मोबाइल एशोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ ।
नयाँ बर्षको पहिलो दिन देखि १५ दिन सम्म मोबाइल खरीद गर्ने मध्येबाट लक्कीड्र मार्फत २ जनालाई आइफोन सेभेन र सेभेन प्लस बितरण गरिने निर्देशक संगम राइले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ