वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक दर्जन कम्पनीलाई लाईसेन्स दिने बिमा समितिको तयारी

अर्थटुडे
२०७४ बैशाख ४, सोमबार

काठमाडौं । बिमा समितिले एक एक दर्जन भन्दा बढी बिमा कम्पनीलाई अनुमतिपत्र (लाइसेन्स) दिने भएको छ । समितिको संचालक समितिको बैठकले यसअघि नै कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई अनुमतिका लागि निवेदन पेश गरीसकेका कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

समितिका अनुसार ८ वटा जीवन र ५ वटा निर्जीवन गरी १३ कम्पनीले अनुमतिका लागि निवेदन दिएका छन् । लाइसेन्सका लागि आवेदन दिएका जीवन बिमा कम्पनीमा सिटिजन्स, स्टार, सननेपाल, सानिमा, रिलायन्स, रिलायबल, स्ट्यान्डर्ड र आइएमई रहेका छन् । यसैगरी निर्जीवनमा सानिमा, आइडियल, जनरल, अजोड र मनकामना रहेका छन् ।

समितिमा दर्ता रहेका कम्पनीलाई २१ दिनभित्र अहिले तोकिएको मापदण्ड पुरा गरी अनुमतिका लागि आउन पत्राचार गरिएको प्रवक्ता श्रीमान कार्कीले जानकारी दिए ।

समितिले थप कम्पनीलाई अनुमति दिनेबारे अध्ययनका लागि समिति गठन गरेको छ । समितिको निर्णय अनुसार थप कम्पनीबाट आवेदन लिने नलिने निर्णय लिने बताइएको छ ।

हालको व्यवस्था अनुसार निर्जीवन कम्पनीलाई लाइसेन्स समिति आफैले र जीवनलाई भने समितिको सिफारीसमा अर्थ मन्त्रालयले अनुमति दिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ