काठमाडौं । कल डिपोजिटमा रहेको निक्षेप जोगाउन बैंक तथा वित्तीय संस्थाहरु साधारण बचत खाताको व्याजदर पनि बढाउन थालेका छन् । नेपाल राष्ट्र बैंकले कल डिपोजिट खाताको व्याजदर बचत खाताको भन्दा बढी नहुने व्यवस्था गर्न निर्देशन दिएपछि बैंकहरु बचत खाताको व्याजदर बढाउने दवावमा परेका हुन् ।
कल डिपोजिटको व्याजदर घटाउदा निक्षेप बाहिरेनसक्ने भएकाले बैंकहरुले साधारण बचत खाताको व्याजदर बढाएर आफुलाई सुरक्षित गर्न थालेका हुन् । बैंकहरुले सूचना सार्वजनिक गर्दै बचत खाताको व्याज वृद्धि भएको घोषणा गरेका छन् ।
एनआइसी एसिया बैंकले बचत खाताको व्याजदर बढाएको छ । बैंकले समुन्नत बचत खातामा ८ प्रतिशत व्याज दिने भएको छ । यो खाता शून्य मौज्दातमा खोल्न सकिनेछ ।
यसैगरी, सेञ्चुरी बैंकले पनि बचत खातामा ८ प्रतिशत ब्याजदर दिन थालेको छ । बैंकले नयाँ वर्षको अवसर पारेर बचत खातामा वैशाख १ गतेदेखि लागू हुने गरी ८ प्रतिशत ब्याज दिने घोषणा गरेको हो ।
प्रतिक्रिया