वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआइसी एसियाको नाफा एक अर्ब १३ करोड

अर्थटुडे
२०७४ बैशाख ६, बुधबार

काठमाडौ । एनआईसी एसिया बैंकले तेस्रो त्रैमाससम्ममा नाफा ५० प्रतिशतले बढाउर एक अर्ब १३ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७५ करोड ९५ लाख रुपैयाँ मात्र मुनाफा गरेको थियो ।

बैंक खुद व्याजआम्दानी बढाएकोले नाफामा बृद्धि भएको हो । बैंकले व्याज आम्दानी तर्फ एक खर्ब ८४ करोड रुपैयाँ कमाएको छ । गत बर्ष यस्तो आम्दानी एक अर्ब ३७ करोड रुपैयाँ थियो । बैंकसँग निक्षेप ७९ अर्ब ६ करोड रुपैयाँ छ भने ६७ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

बैंकले निष्कृय कर्जालाई उठाएको छ । यसवर्ष बैंकले ४० करोड रुपैयाँमात्र निष्कृय कर्जा उठाएको छ । त्यस्तै बैंकको खराव कर्जा ०.४६ प्रतिशत छ भने प्रतिसेयर आम्दानी २६ रुपैयाँ रहेको छ । बैंकको हालको चुक्ता पूँजी ६ अर्ब ३५ करोड रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ