वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजस्व संकलन ३२ प्रतिशतले बृद्धि, स्वास्थ्य सेवा कर उठाउन सरकारलाई कठिन

अर्थटुडे
२०७४ बैशाख ६, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षको चैत सम्ममा एक खर्ब ७२ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले बढी हो । सरकारले चालु आर्थिक बर्षको चैत सम्ममा एक खर्ब ६५ अर्ब १६ करोडको लक्ष्य राखेको थियो । लक्ष्यको तुलनामा पनि राजस्व संकलन १०४ प्रतिशतको प्रगति भएको अर्थमन्त्रालयले दावी गरेको छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा आयकर तर्फ ९५ अर्व ३९ करोड ५६ लाख, मूल्य अभिवृद्धि करतर्फ ४३ अर्व ५ करोड ४६ लाख रुपैया र अन्तःशुल्क तर्फ ३२ अर्व ३६ करोड ४५ लाख रुपैयाँ संकलन भएको छ ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ५९ करोड ४४ लाख ५४ हजार र  ७६ करोड ११ लाख २८ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९५ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८६ प्रतिशतमात्र राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०७३÷७४ मा वार्षिक राजस्व संकलनको लक्ष्य २ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजार रुपैया राखेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ