काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको चैतसम्म ७२ करोड ४७ लाख खुद नाफा गरेको छ । अघिल्लो आवको यसै अवधिको तुलनामा बैंकल नाफा २१ प्रतिशतले वृद्धि गरेको हो ।
बैंकको व्याज आम्दानी र जोखिम व्यवस्थाबाट रकम छुट्याएको रकम फिर्ताबाट नाफा बढाएको हो । गत वर्षको चैतसम्ममा १ अर्ब १६ करोड रुपैयाँ व्याज आम्दानी गरेको बैंकले चालु आवमा १ अर्ब २५ करोड ब्याज आम्दानी गरेको छ ।
प्रतिक्रिया