काठमाडौं । राजधानीमा बिहीबारदेखि जारी ‘नेपाल १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४’ मा तेस्रो दिनसम्म ७५ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ, विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा संयुक्त रूपमा आयोजना गरेको मेलामा तीन दिनमा साढे तीन करोड रूपियाँको कारोबार भएको छ ।
मेलामा बिहीबार १०, शुक्रबार २० र शनिबार ४५ हजारले अवलोकन गरेका छन भने विहीबार ४० लाख, शुक्रबार ७० लाख र शनिबार दुई करोड ४० लाख रूपियाँको कारोबार भएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले जानकारी दिए ।
महासंघका अध्यक्ष गिरीले मौसमले वर्षाको प्रवाह नगरी अवलोकनकर्ताहरु उत्साहपूर्वक मेला अवलोकन गर्न आइरहेको बताए ।
लघु, घरेलु तथा साना उद्यमीहरु परम्परागत वस्तु उत्पादनमै सीमित रहेकाले ढाका, पश्मिना, सेरामिक, हस्तकला जस्ता वस्तु उत्पादन गर्ने कार्यलाई मात्र निरन्तरता दिइरहेको तर कृषि, गैह्रकाष्ठजन्य बन, जडीबुटी तथा प्राकृतिक रेशाजन्य बस्तु, खनिजजन्य वस्तु (जेम्सस्टोन, महंगा पत्थरहरु), पर्यटन, बैकल्पिक तथा नवीकरणीय ऊर्जा, सूचना तथा संचार प्रविधि लगायत स–साना जलविद्युतमा आधारित तुलनात्मक लाभका क्षेत्रमा उद्योग व्यवसाय गर्ने तर्फ पर्याप्त ध्यान दिन नसकिएका कारण उद्योग तथा व्यापारका क्षेत्रमा संकुचन आएको अध्यक्ष गिरीले बताए ।

g]kfn !# cf}F cf}Bf]lus Jofkf/ d]nf tyf gljgtd k|ljlw k|bz{gLdf k/Dk/fut cf]vndf lrp/f s’6b} g]jf/ dlxnfx?. tl:a/ df]xg e§/fO{ ÷uf]k
प्रदर्शनीमा २१५ वटा स्टल रहेकोमा ५७ वटा बैज्ञानिक खोज, अनुसन्धान र नवीनतम प्रविधिसंग सम्बन्धित स्टलहरु रहेका छन् भने केन्द्रीय महिला उद्यमी प्याभिलियनमा २५ वटा, बन तथा कृषि सहज कार्यक्रमका १० वटा, राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट प्रर्वद्धित १० जना महिला उद्यमीहरु रहेका छन् । त्यसैगरी भारत, पाकिस्तान, बंगलादेश र चीनका समेत गरी ३० वटा स्टलहरु रहेका छन र बाँकी स्टलमा नेपालका लघु, घरेलु तथा साना र राष्ट्रिय उद्योगका औद्योगिक उत्पादनहरुको प्रदर्शनी गरिएको छ ।
यसैगरी यस प्रदर्शनीमा करिव ६ करोडको आर्थिक कारोवार हुने र एक लाखले प्रदर्शनीको अवलोकन गर्ने अनुमान गरिएको छ । सोमबारसम्म चल्ने मेलाको माध्यमबाट नविनतालाई उद्योगसँग जोड्ने प्रयत्न स्वरुप यस व्यापार मेलामा छनौटमा परेका प्रदर्शनयोग्य तथा व्यवसायिकरण हुनसक्ने सम्भावनायुक्त प्रविधि, अनुसन्धान तथा आविष्कारहरूको प्रदर्शनी गरिने लक्ष्य लिइएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया