वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एभरेष्टको नाफा एक अर्ब ५७ करोड,सानिमाको नाफामा पनि ४० प्रतिशतले बृद्धि

अर्थटुडे
२०७४ बैशाख ११, सोमबार

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एक अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंक पछिल्लो समयमा नाफामा केन्द्रित भएको थियो । सोही कारण गत बर्षको तुलनामा २६.६६ प्रतिशतले नाफामा बृद्धि गर्न सफल भएको छ । गत बर्षको सोही अवधिमा बैंकले एक अर्ब २० करोड खुद नाफा गरेको थियो ।

बैंकले व्याज आम्दानी, सञ्चाल नाफा, शुल्क कमिसन छुट आदीबाट बढी कमाएको छ । त्यस्तै बैंकले गत बर्षको तुलनामा पुँजीबृद्धि पनि ६७.८८ प्रतिशतले बढाएर चार अर्ब ६० करोड पुर्याएको छ । बैंकको निक्षेप १६.२८प्रतिशतले बढेर ९२ अर्ब ८१ करोड पुगेको छ भने कर्जा तथा लगानी २७ प्रतिशतले बढेर ७५ अर्ब ५५ करोड पुगेको छ ।

बैंकको जगेडा कोषमा ५ अबृ ४३ करोड रहेको छ भने निष्कृय कर्जा ०.६७ प्रतिशतमा झरेको छ । बैंकको प्रतिसेयर आम्दानी ४४.९५ रहेको छ भने प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ रहेको छ ।

त्यस्तै सानिमा बैंकले पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ४० प्रतिशतले बढाएर ९४ करोड पुर्याएको छ । बैंकले गत वर्षको सोही अबधिमा ६७ करोड मात्र मुनाफा गरेको थियो ।  

त्यस्तै बैंकले चुक्तापुँजी पनि ७२ प्रतिशतले बढाएर पाँच अर्ब ३० करोड पुर्याएको छ । गत बर्षको सोही अवधिमा बैंकको ३ अर्ब ६ करोड रुपैयाँ चुक्तापुँजी थियो । बैंकले हकप्रद बिक्री र बोनस बितरण गरी चुक्ता पूँजी बढाएको हो ।

बैंकको प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९५ पैसा रहेको छ । बैंकले यस अवधिमा ५३ अर्ब निक्षेप संकलन गरेको छ भने ५८ अर्ब कर्जा तथा लगानी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ