वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रहरी संगठनभित्र गम्भीर खेल, डिआइजी सिलवाल पक्राउ

अर्थटुडे
२०७४ बैशाख ११, सोमबार

काठमाडौं । नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई आफ्नै संगठनले पक्राउ गरेको छ । बालुवाटारस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको घरबाट उनलाई पक्राउ गरएको हो । सिलवाल थापाको घरमा कानुनी परामर्सको लागि गएका हुन् । सिलवालसँगै बरिष्ठ अधिबक्ता थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।

प्रहरीका अनुसार छानविन समितिले सिलावलाई वयानका लागि ल्याइएको बताएपनि थापालाई किन ल्याएको भन्ने बारे कुनै जानकारी दिएको छैन । यसअघि प्रहरी आईजीपी प्रकाश अर्यालले बोलाएको बैठक बहिस्कार गरेपछि प्रहरी हेडक्वाटरले सिलवाललाई स्पष्टीकरण सोधेको थियो ।

छानविन समितिले कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोबारे छानविन गरिरहेको छ । छानविन समितिले बयानमा बोलाउँदा सिलवाल नगएकोले छानविनका क्रममा उनलाई ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सिलवालले तत्कालिन अर्का डीआइजी प्रकाश अर्यालको कार्यसम्पादन मूल्याङ्कनको कागजात किर्तेगरी त्यसमा आफ्नो नाम राखेर अदालतलाई पेश गरेको पाइएको भन्दै सरकारले सरकारी कागजात किर्तेको मुद्दामा कारवाही गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ