काठमाडौं । एनएमबी र्बैकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एक अर्ब १४ करोड खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ४८ प्रतिशतले बढी हो । गत वर्ष बैंकको खुद नाफामा ७७ करोड रुपैयाँ मात्र कमाएको थियो ।
बैंकको चुक्तापँुजी ६ अर्ब ४६ करोड पुगेको छ । यो गत बर्षको तुलनामा ५५.६६ प्रतिशतले बढी हो । बैंकले यस अवधिमा निक्षेप ७१ अर्ब १५ करोड पुर्याएको छ भने ६० अर्ब २४ करोड रुपैयाँ कर्जा तथा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा भने १.७ प्रतिशत रहेको छ । प्रति सेयर आम्दानी पनि २९.८१ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया