वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैकिङ अपराध भाइरसको रुपमा विकसित हुदै

अर्थटुडे
२०७४ बैशाख १४, बिहीबार

काठमाडौं । नेपालमा बढ्दै गएको बैकिङ अपराधलाई बिज्ञहरुले भाइरसको संज्ञा दिएका छन् । उनीहरुले पछिल्लो समयमा एक बैंकमा भएको अपराध विस्तारै सदै गएर अन्य बैंकमा पनि हुने गरेकोले भाइरसको संज्ञा दिएका हुन् ।

विहिबार नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) ले भारतको फिनटेलेक संस्थासँगको सहकार्यमा “फाइनान्सियल फ्रड कन्फ्रेन्स”मा भाग बोल्दै एनबीआइका अध्यक्ष अजय श्रेष्ठले बैीकङ अपराध यौटा भाइरस भएको र यसको रोकथाम एउटा निरन्तर अभियानको रुपमा लिनु पर्ने बताए । उनले सबैले समयलाई सुहाउँदो किसिमले आफुलाई सक्षम तुल्याउदैं लानुपर्नेमा पनि जोड दिए ।

सम्मेलनको उद्घाटन गर्दै ल्द्यक्ष् का प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाले बैँक तथा वित्तीय संस्थाहरुमा हुने गरेको हरेक किसिमका बैंकिङ अपराधहरुको रोकथामका लागि नयाँ नौलो तरिका अबलम्बन गर्नुपर्ने बताए ।
उनले यस सम्मेलनमार्फत सहभागी बैँकका कर्मचारीहरुलाई विभिन्न किसिमका बैंकिङ अपराधहरुको बारेमा जानकारी दिने र त्यस्ता अपराधहरुको नीवारण गर्नका लागी प्रचलनमा रहेका उत्कृष्ट रणनितिक पहलहरुको पनि जानकारी दिने बताए ।

यसैगरी नेपाल बैंकर्स एसोसिएसनका प्रमुख अनिल केशरी शाहले बैंक तथा वित्तीय संस्थाहरुले बैंकिङ अपराधको रोकथामका लागि आफ्नो प्राविधिक क्षमता अभिवृद्धि गर्नु अपरिहार्य रहेको बताए । बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो अपराधलाई मध्यनजर राख्दै अन्र्तराष्ट्रिय अनुभव आदान प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

यस सम्मेलनमा विदेशी विज्ञहरुद्वारा विभिन्न किसिममा बैंकिङ अपराधहरु जस्तै साइबर फ्रड, एटिएम एण्ड कार्ड फ्रड, सिम कोलोनी आदीका बारेमा जानकारी दिइएको छ । यस सम्मेलनमा विभिन्न बैँक तथा वित्तीय संस्थाहरुबाट १५० भन्दा बदी उच्च पदस्थका बैंकिङ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ