वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानन्यायधिश कार्की विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता

अर्थटुडे
२०७४ बैशाख १७, आईतवार

काठमाडौं । प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ । आइतबार सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्ता साझेदार नेपाली कांग्रेसले संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएको हो । महाअभियोग प्रस्तावमा २५१ सांसदको हस्ताक्षर रहेको छ ।

संसदले औपचारिक रुपमा महाअभियोग प्रक्रिया सुरु गरिसकेपछि टुङगो नलागुन्जेल सम्म प्रधानन्यायधिस पदबाट सुशीला कार्की निलम्बनमा पर्नेछिन् । संवैधानिक प्रावधानअनुसार कम्तिमा एक चौथाई सांसदको संख्या पुर्याएर संसदमा महाअभियोग प्रस्ताव दर्ता हुने प्राबधान रहेको छ ।

सर्वोच्चले आजै प्रधान न्यायाधीश सुशीला कार्कीसहितको बृहत् पूर्ण इजलासले आइजी मुद्दामा गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको थियो । त्यसलगत्तै संसदमा महाभियोग प्रस्ताव दर्ता भएको हो ।

संसदमा भएका कूल सांसदमध्ये दुई तिहाई सांसदले महाअभियोग प्रस्तावको पक्षमा मतदान गरे महाअभियोग सिफारिश गरिएका व्यक्ति पदमुक्त हुने व्यवस्था संविधानमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ