काठमाडौँ । बहुचर्चित सुडान घोटाला प्रकरणमा सर्वोच्च अदालतले तीन पूर्व आइजीपीलाई जेल सजायको फैसला सुनाएको छ । सो काण्डमा २८ करोड रुपैयाँ भ्रष्टाचार भएको अदालतले ठहर गरेको हो । आइतबार प्रधानन्यायधीस सुशीला कार्की र न्यायधीस विश्वम्बरप्रसाद श्रेष्ठको इजालसले यस्तो फैसला गरेको हो । सर्बोच्च अदालतले राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङ र ठकुरी १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।
त्यसैगरी पूर्वप्रहरी अधिकृत दीपककुमार श्रेष्ठ, रवीन्द्रप्रताप राणालाई ६ महिना कैद र ३० हजार जरिवाना, श्यामसिंह थापा र दीपकसिंह सांग्देनलाई १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको छ ।
शान्ती मिसनका लागि प्रहरीलाई आवश्यक पर्ने बन्दोबस्तीका सामाग्री(एपीसी) खरिदमा अनियमिता गरेको भन्दै अख्तियारले २०६८ जेठ २४ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले प्रहरीको सामाग्री खरिद गर्ने जिम्मा लिएका शम्भु भारतीलाई मुद्दा दायर गरिएको थियो । प्रहरीको कल्याणकारी कोषबाट आवश्यक पर्ने सामाग्री खरिद भएको थियो ।
सुडान घोटाला प्रकरणमा विशेष अदालतले २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै प्रहरीका तीन जना पूर्व महानिरीक्षकसहित ३४ प्रहरीका उच्च अधिकारीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।
विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्कीको इजलासले गरेको फैसलामा प्रहरीका पूर्व महानिरीक्षक ओमविक्रम राणालाई १७ करोड ६ लाख, हेमबहादुर गुरुङलाई ६ करोड ४८ लाख र रमेश चन्द ठकुरीलाई ४ करोड ८५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो। जनही दुई वर्षको कैद सजाय पनि इजलासले सुनाएको थियो ।
यस्तै, ठेकेदार बेलायती कम्पनी एस्योर्ड रिस्कका निर्देशक माइकल राइडर र नेपाल प्रतिनिधि शम्भु भारतीलाई पनि दोषी ठहर गरेको थियो। विशेषले राइडरलाई झन्डै साढे २८ करोड र भारतीलाई १४ करोड जरिवाना हुने ठहर गरेको थियो ।
प्रतिक्रिया