वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाली सेना हाइ अलर्टमा

अर्थटुडे
२०७४ बैशाख १८, सोमबार

काठमाडौं । नेपाली सेनाले देशमा विकसित घटनाक्रमको समीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा गएराति बसेको पिएस ओजको आकस्मिक बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको समीक्षापछि सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको नजिकिँदो मिति र सहमतिको निर्माण गर्न राजनीतिक दलबीच भइरहेको प्रयास बारे बैठकमा समीक्षा गरिएको थियो ।

प्रधानन्यायाधीशविरुद्ध आकस्मिकरुपमा संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव, उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामालगायत देशमा हाल विकसित घटनाक्रमको समीक्षा गर्न बसेको सेनाको उच्चस्तरको बैठकमा मुलुकको समग्र सुरक्षा चुनौतीको विश्लेषण गरिएको थियो । रासस

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ