काठमाडौं । सिभिल बैंकले हकप्रद सेयर निष्कासनको लागि विक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । बैंकले मंगलबार विक्रि प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता पत्रमा बैंकका तर्फबाट कार्यकारी प्रमूख गोबिन्द गुरुङ र लक्ष्मी क्यापिटलका तर्फबाट प्रमूख कार्यकारी अधिकृत राजीब सापकोटाले हस्ताक्षर गरेका छन् । बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि विक्रि प्रबन्धकको रुपमा लक्ष्मी क्यापिटल नियुक्त गरेको हो ।
बैंकले आगामी जेठ ४ गते बोलाएको साधारणसभाबाट बोनस सेयर पारित गर्दै छ, भने यूनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडलाई लाई प्राप्ति गर्ने छ । सो पश्चात कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर लगानीकर्ताहरुको लागि जारी गर्दै छ । हकप्रद सेयर जारी पछि आर्थिक बर्ष २०७३/२०७४ को प्रक्षेपित वोनश सेयरबाट बैंकले आठ अर्ब चुक्तापूँजी पुर्याउने छ ।
प्रतिक्रिया