काठमाडौं । निजी क्षेत्रद्धारा सञ्चालित दुई ठूला बाणिज्य बैंकहरुले एकैदिन तेस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेका छन् । नबिल र नेपाल ईन्भेष्टमेन्ट बैंकले एकसाथ तेस्रो त्रैमासको बित्तीय बिबरण सार्वजनि गरेका हुन् । ति दुबै बैंकले आफ्ना मुनाफा पनि दुईअर्बभन्दा बढी गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको व्याज आम्दानी २८.८२ प्रतिशतले बढेर जोखिमकोषबाट २० करोड फिर्ता आएकोले बैंकको खुद नाफामा बृद्धि भएको हो ।
बैंकको चुक्तापुँजी ८ अर्ब ७४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंक असार मसान्त सम्ममा ८ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनको लागि निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम बैंकले चुक्तापुँजी ८ अर्ब पुर्याएको हो ।
बैंकको जगेडा कोष ९ अर्ब ९५ करोड रहेको छ । त्यस्तै बैंकको निक्षेप ११ अर्ब ९८ करोड र कर्जा तथा लगानी १० अर्ब १९ करोड रहेको छ । बैंकको निष्कृय कर्जा ०.६४ र प्रतिसेयर आम्दानी ३६.२४ रुपैयाँ रहेको छ ।
त्यस्तै नविल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ६८ करोड खुद नाफा गरेको छ । बैंकको व्याज आम्दानी, विदेशी मुद्राको कारोबारमा बृद्धि हुदा नाफामा पनि बृद्धि भएको हो । बैंकको निष्कृय कर्जा ०.९५ प्रतिशत कायम रहकेो छ ।
बैंकको प्रतिसेयर आम्दानी ५७.२२ रुपैयाँ छ भने चुक्तापुँजी ६ अर्ब १८ करोड रुपैयँँ पुगेको छ । बैंकले एक खर्ब १७ अर्ब निक्षेप संकलन गरेको छ भने ९० अर्ब ५५ करोड कर्जा तथा लगानी गरेको छ । चुक्ता पूँजी र जगेडा कोषको आधारमा दुबै बैंकलाई तुलना गर्दा नेपाल ईन्भेष्टमेन्ट बैंक नविल बैक भन्दा बलियो देखिएको छ ।
प्रतिक्रिया