वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विदेशी मुद्राको कारोबार गर्ने कम्पनीले अनलाईनबाटै विवरण बुझाउन सक्ने

अर्थटुडे
२०७४ जेष्ठ ३, बुधबार

काठमाडौं । विदेशी मुद्राको कारोबार गर्ने संघसंस्था तथा कम्पनीहरुले अब अनलाइनबाटै विवरण बुझाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले विवरण बुझाउने प्रक्रियालाई सजिलो बनाउन यस्तो सुविधा दिएको हो ।

यसअघि कम्पनीहरुले राष्ट्र बैंकमै उपस्थित भएर यस्तो विवरण बुझाउँदै आएका थिए । राष्ट्र बैंकले आइतबार परिपत्र गरी सम्बन्धित कम्पनीहरूलाई उक्त निर्देशन दिएको हो ।

विदेशी विनिमयको कारोबार गर्ने संघसंस्थाले मासिक रूपमा राष्ट्र बैंकलाई विवरण बुझाउनुपर्छ । ‘रेमिट्यान्सको कारोबार गर्ने बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी, सटही कारोबार गर्ने मनी चेन्जर, विदेशी विनिमयको कारोबार गर्ने होटल, ट्राभल्स, ट्रेकिङ, कार्गोलगायत निकायहरूले ०७४ वैशाखदेखि आफूले गरेको विदेशी विनिमयको मासिक कारोबार विवरण अनलाइनमार्फत मात्र पठाउन अनुरोध छ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनी, सटही कारोबार गर्ने मनी चेन्जर, विदेशी विनिमयको कारोबार गर्ने होटल, ट्राभल्स, ट्रेकिङ, कार्गोलगायत गरी साढे ५ हजार संघसंस्थाले विदेशी मुद्राको कारोबार गर्न अनुमति पाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ