काठमाडौं । सिभिल बैंकले ४० प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको विहिबार बसेको छैठौं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको ४० प्रतिशत हकप्रद शेयर पारित गरेको हो । त्यस्तै सो साधारणसभाले आ.व.२०७२/७३ को नाफाबाट शेयरधनीहरुलाई २.८८% बोनस शेयर तथा कर प्रयोजनको लागि ०.१५१६% नगद लाभांश बितरण गर्ने निर्णय पनि पारित गरेको छ ।
सिभिल बैंकको १ कित्ता शेयर बराबर युनिक फाईनान्स लिमिटेडका शेयरधनीहरुलाई ०.९० कित्ता र हामा मर्चेन्ट फाईनान्स लिमिटेडका शेयरधनीहरुलाई ०.८९ कित्ता शेयर प्रदान गरी दुवै लक्षित संस्थालाई यस सिभिल बैंक लिमिटेडले प्राप्ति गर्ने निणर्य पनि गरेको छ ।
बोनश शेयर जारी तथा युनिक फाईनान्स लिमिटेड र हामा मर्चेन्ट फाईनान्स लिमिटेडलाई प्राप्ति गरे पश्चात कायम हुन आउने चुक्ता पूँजीको ३०% हकप्रद सेयर दिने प्रस्ताव गरेकोमा सभाले संसोधन गरी ४०% हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
हकप्रद शेयर निष्काशन तथा वाँडफाँड गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण काम कारवाही गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । सोहि साधारण सभाले संस्थापक लगानीकर्ताहरुको समुहको तर्पmबाट संचालक समितिमा सृजना शाक्य तामाङ्गलाई बाँकी अवधिको लागी गरेको नियूक्तिलाई अनुमोदन गरेको छ ।
चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म बैंकले ३३.८१ अर्व रुपैयाँ निक्षेप संकलन गरी ३१.२ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको छ । सभाले पारित गरेको बोनस शेयर प्राप्ति र हकप्रद शेयर पछि बैंकको चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले तोकेको समयमा पूरा हुनेछ ।
प्रतिक्रिया