काठमाडौं । यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यलयले नेपालमा दिगो विकासको लक्ष्य हासिल एवम् प्रवद्र्धन गर्नकालागि नयाँ साझेदारीको सुरुवात गरेका छन् । एसडिजी भनेर चिनिने दिगो विकास लक्ष्य पृथ्वीमा रहेका सबै जनता र प्राणीको समृद्धिका लागि सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको अन्त्य एवम् समतामुलक, न्यायसंगत र सुरक्षित विश्व निर्माणका लागि तयार पारिएको साहसिक एवम् विश्वव्यापी दस्तावेज हो ।
यस सहकार्य अन्र्तगत राष्ट्र संघ र यति एयरलायन्सले दिगो विकास लक्ष्य सम्बन्धी जनचेतना जगाउनका साथै आवश्यक सरोकारवालाहरुको परिचालन यसको कार्यन्वयनका लागि सम्बन्धित सरोकारवालाहरु संयुक्त रुपमा पहल गर्नेछन ।
यस सहकार्यले वातावरण परिवर्तन अनुकुलन, गरिबीन्युनीकरण र लैङ्गिक समनता लगायतका क्षेत्रसँग सम्बिन्धत लक्ष्यहासिल गर्ने उड्डयन र पर्यटनको क्षेत्रमा नयाँ र दिगो व्यवसायिक मोडेलको खोजी अवलम्बन एवम् प्रर्वद्धन गर्नेछ ।
नेपाल लगायत राष्ट्रसंघका सदस्य राष्ट्रहरुले सन् २०१५ को सेप्टेम्बरमा अवलम्बन गरिएको दिगो विकास लक्ष्य र एजेण्डा २०३० ले विश्वव्यापी लक्ष्यहासिल गर्ने निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारको रुपमा लिएको छ । दिगो विकास लक्ष्य कार्यन्वयन प्रक्रिया अगाडि बढाउनका लागि साधन स्रोत प्रवृत्ति र नयाँ कार्यका सुरुकालागि निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेका छ ।
ललितपुरको पुल्चोकस्थित युएन हाउसमा भएको समझदारीपत्रमा युनडीपी नेपालका निर्देशक रेनो मेयर र यति एयरलायन्सका प्रमुखकार्यकारी अधिकृत उमेशचन्द्र राईले हस्ताक्षर गरेका छन् । ‘नेपालमा विश्वव्यापी लक्ष्यकालागि यति एयरलायन्सलाई पहिलो निजी क्षेत्रको साझेदारको रुपमा पाँउदा राष्ट्रसंघ खुसी र उत्साहित भएको छ ।
यसले नेपालको विकासमा निजी क्षेत्रको भूमिका रहेको सन्देश दिएको छ ।’ युनडीपी नेपालका निर्देशक रेनो मेयर ले भने ‘दिगो विकास लक्ष्य सरकार र राष्ट्रसंघको मात्रजिम्मेवारी नभई निजी क्षेत्र र नागरिक समाज लगायत सबै नागरिकको जिम्म्ेवारी हो ।
यही लक्ष्य हासिलगर्ने सरोकारवालाहरुबीच सबै तहकाकार्यक्रमको योजना,कार्यन्वयन र अनुगमनको चरणमा हुने सामूहिक साझेदारीले नै यी लक्ष्यप्राप्तिमा निर्भर रहन्छ ।’
‘हामीले उडान मात्रनगरी सम्भव भएसम्म हरेक समाजको विकासका कार्यमा पनिसक्दो सहयोग गर्नुहाम्रो नियमितअभ्यास र पहलकदमीहो ।’ यति एयरलायन्सका प्रमुखकार्यकारी अधिकृत उमेशचन्द्र राईले भने ।
‘जिम्मेवार व्यवसाय गरिरहेको एक कम्पनी भएकाले विश्वव्यापी लक्ष्य हासिल गर्नकालागि राष्ट्रसंघसँग सहकार्य गर्न पाँउदा हामीखुसी भएका छौं । यति एयरलायन्सले विज्ञप्ति जारी गरी भनेको छ ।
प्रतिक्रिया