वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसबीआइ बैंकको ४० प्रतिशत हकप्रद सेयर खुल्ला

अर्थटुडे
२०७४ जेष्ठ ७, आईतवार

काठमाडौं । नेपाल एसबीआइ बैंकको ४० प्रतिशत हकप्रद सेयरको आवेदन आइतबारदेखि खुलेको छ । बैंकले आफ्ना लगानीकर्ताहरुका लागि १ करोड ९९ लाख १९ हजार ४२३ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद सेयर भर्नको लागि बैंकले असार ४ गतेसम्मको म्याद तोकेको छ ।

बैंकले हकप्रद सेयर निष्कासनको लागि एनएमबी क्यापिटललाई बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
बैंकको बैशाख १५ गते नै बुक क्लोज भएको हो । बैशाख १५ गते अघि नै एबीआइ बैंकको सेयर हुनेहरुले मात्र हकप्रदको लागि आवेदन दिन पाइने छ ।

हकप्रद सेयर जारीपछि बैंकको चुक्तापुँजी ६ अर्ब ९७ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्तापुँजी ४ अर्ब ९७ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंकले चुक्तापुँजी ८ अर्ब बनाउन अझै एक अर्ब ३० करोड रुपैयाँ नपुग्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ