काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार पदबाट राजीनामा दिएका छन् । अपरान्ह चार बजे देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् ।
प्रचन्डले संसदमा सम्बोधन गरेर राजीनामा दिन चाहेका थिए । तर स्थानीय तहको संख्या बृद्धि लगायतका विषयमा विरोध जनाउँदै प्रमूख प्रतिपक्षी दल एमालेले संसद चल्न नदिने चेतावनी दिएपछि उनले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट नै देशबासीका नाममा संम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
उनले आफूले सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएको भन्दै खुसी समेत व्यक्त गरे । राजनीतिमा सबैभन्दा ठूलो समस्या भनेको इमान कमी र उपयोगको संस्कृति मौलाएको भन्दै उनले दलहरु र नेताहरुबीच भएका लिखित र अलिखित सहमतिहरु थुप्रै पटक च्यातिएका उदाहरण आफूहरुसँग रेहको दावी गरे ।
सत्ता साझेदारीका हकमा त अहिलेसम्म कुनै पनि समझदारी पालना भएका छैनन् ।’ प्रचन्डले भने नेपाली कांग्रेससँग आलोपालो सरकार चलाउने भद्रसहमति भने कार्यान्वयन गरेका छन् ।
प्रतिक्रिया