काठमाडौं । पुँजीगत लाभकर तिर्न आनाकानी गर्दै आएको दुरसञ्चार सेवा प्रदायक एनसेलले आईतबार १३ अर्ब ६० करोड ४७ लाख रुपैयाँ कर बुझाएको छ ।
यसअघि कम्पनीले ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ मात्रै कर बुझाएको थियो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियारले हिरासतमा लिएलगत्तै एनसेलले थप कर तिरेको हो । शर्माले एनलेसको पक्षमा लविङ गर्दै आएका थिए ।
ठूला करदाता कार्यालयका अनुसार एनसेलले दुई पटक गरी कम्पनी खरिदबिक्रीे अग्रीम कर कट्टी बापतको १५ प्रतिशत रकम अर्थात २३ अर्ब ५६ करोड ४१ लाख रुपैयाँ कर भुक्तान गरिसकेको छ ।
एनसेलले अब १० प्रतिशत रकम तिर्न बाँकी रहेको र सो रकमको बारेमा कर निर्धारण गरेर पठाइने ठूला करदाता कार्यालयले जनाएको छ ।
प्रतिक्रिया