काठमाडौं । विश्व वातावरण दिवसको उपलक्ष्यमा बुढानिलकण्ठमा रहेको विभिन्न खोलानाला, मन्दिरमा सरसफाइ गरिएको छ । स्थानीय युवाहरुले रुद्रमती, धोवी खोला, रुद्रेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरेका छन् ।
सरसफाइ कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नवनिर्वाचित मेयर उद्धव खरेलले सकारात्म सोचका साथ बुढानिलकण्ठ नगरपालिकालाई हरियाली नगरपालिका बनाउने बताए । वडा नम्बर दुईका वडा अध्यक्ष राजेन्द्र खड्काले वडालाई वातावरणमैत्री बनाउँदै नमुना वडा बनाउने दाबी गरे ।
कार्यक्रममा स्थानीय युवा, समाजसेवी, राजनीतिज्ञ, पेसागत कर्मचारी, आमा समूह, स्थनीय क्लबहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिले स्थानीय स्तरको विकास निर्माणमा स्थानीय निकाय र स्थानीय जनताको सहभागीताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनीहरुले सामाजिक कामका लागि यस्ता कार्यक्रममाले थप उर्जा दिने उनीहरुको भनाइ थियो ।
प्रतिक्रिया