वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सात नेपाली अमेरिकाबाट निष्कासित, विशेष चार्टड विमानबाट काठमाडौ पठाइयो

अर्थटुडे
२०७४ जेष्ठ २४, बुधबार

शिवजी गायक/ काठमाडौ । सात जना नेपाली अमेरिकाबाट निष्कासित भएका छन् । अवैध मार्गबाट बिभिन्न समयमा अमेरिका पुगेका सात जना नेपालीलाई अमेरिकाको इमिग्रेसनले निस्काशन गरेको हो ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार साँझ अवतरण गराइएको त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा अवतरण गराइएको छ । उनीहरुलाई अमेरिकाको विशेष चार्टड बिमानबाट नेपाल अबतरण गराइएको हो ।

उनीहरुलाई अमेरिकी सरकारले अमेरिकाका बिभिन्न स्थानबाट पक्राउ गरेको थियो । विभिन्न समयमा उनीहरु त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट मलेसिया, थाइल्याण्ड घुम्न जाने भन्दै पाइएको छ । उनीहरुको अहिलेसम्म पनि परिचय दिइएको छैन ।

उनीहरुलाई दलालहरुले अमेरिका पुरयाएको र अमेरिकामा उनीहरुको बैध कागजात नभेटिएपछि त्यहाँको सरकारले निस्काशन गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ